Above Article Ad
  • त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, उडान सुरु हुँदै

    आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।

    Above Article Content Ad
  • २१ वैशाख, काठमाडौं । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको छ ।

    आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।

    तर शंकास्पद वस्तु नभेटिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ‘सर्च अपरेसन सम्पन्न भएको छ, तर कुनै पनि शंकास्पद वस्तु भेटिएन,’ ठाकुरले अनलाइनखबरसँग भने । उनका अनुसार अब केहीबेरमा नियमित उडान सुरु हुन्छ ।

    Article inline ad #1
  • सर्च अपरेसन नसकिन्जेलसम्म यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो । त्यहाँ यात्रुहरुको ठूलो भिड लागेको थियो । हवाई उडानका लागि विमानस्थल पुगेका यात्रुहरु उडान प्रभावित हुँदा समस्यामा परेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • सम्पादक

    Share a little biographical information to fill out your profile. This may be shown publicly.
    Below Comments Ad
  • Back to top button