
हेल्प नेपाल र आर्मीको पाँचौं जित
विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ लगातार पाँचौं जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा आर्मीले पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै पुलिसमाथि जित निकाल्यो। आर्मीले पहिलो सेट २५–१७ ले गुमाउन पुग्यो। तर, त्यसपछि आर्मीले २५–२०,३०–२८ र २५–२३ ले लगातार सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो। लगातार पाँच खेलसम्म अपराजित आर्मी अंकतालिकामा १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। उता पुलिसको भने पाँच खेलमा ९ अंक छ। पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लबले पनि पाँचौं खेलसम्म अपराजित यात्रा कायमै राखेको छ। शुक्रबारकै खेलमा हेल्प नेपालले गल्कोट स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराएर पाँचौं जित निकाल्यो।
पहिलो सेटबाट नै हाबी हेल्प नेपालले गल्कोटमाथि २५–१५,२५–१३ र २५–२१ को सेटमा सफलता पायो। जितसँगै हेल्प नेपालले पाँच खेलमा १४ अंक जोड्दा गल्कोटको तीन अंक छ। शुक्रबारकै अर्को खेलमा एपिएफले ढोरपाटन
स्पोटर्स क्लबलाई सोझो सेटमा हरायो। एपिएफले पनि ढोरपाटनलाई पहिलो सेटबाट नै दबाबमा राख्यो। एपिएफले ढोरपाटनमाथि २५–१३, २५–१५ र २५–१४ को सेटमा जित निकाल्यो। यस जितसँगै एपिएफले अंकतालिकामा चार खेलबाट ९ अंक जोड्दा ढोरपाटन एक अंक साथ पुछारमा छ।
शुक्रबार नै सम्पन्न महिलातर्फ एक मात्र खेलमा साविक विजेता न्युडायमण्ड स्पोटर्स क्लबले लगातार चौथो हार बेहोरेको छ। न्यु डायमण्डले एपिएफलाई २५–१९, २५–१० र २५–९ को सेटमा सुम्पियो। यससँगै न्यु डायमन्ड जितविहीन बनेको छ। न्यु डायमण्डले चार खेलमा एक अंक जोडेर प्रतियोगिता टुङ्गाएको छ। तेस्रो जित निकालेको एपिएफले ९ अंक
जोड्यो। महिलातर्फ अन्तिम खेलमा शनिबार आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुनेछ। पुरुषमा भने दिनको पहिलो खेल गल्कोट स्पोटर्स क्लब र गण्डकी प्रदेश, दोस्रो खेलमा नेपाल पुलिस र एपिएफ तथा अन्तिम खेलमा आर्मी र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछन्।
travel places,
digital marketing,
seo tools
daily brisk news
global tidings