Above Article Ad
  • आईपीएलमा राजस्थानको जित, पन्जाब ६ विकेटले पराजित

    Above Article Content Ad
  • काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ।

    शनिबार अपराह्न वानखेडे स्टेडियममा पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै राजस्थान विजयी भएको हो।

    टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रनको योगफल तयार पार्‍यो। १९० रनको विजयी लक्ष्य राजस्थानले १९.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

    Article inline ad #1
  • राजस्थानको जितमा यशस्भी जैसवालले सर्वाधिक ६८ रन बनाए। सिम्रन हेटमायरले र देबिदत्त पाडिक्कलले समान ३१ रन जोडे।

    पन्जाबका अर्शदीप सिंहले २, ऋषि धवन र कसिगो राबडाले १/१ विकेट लिए।

    यसअघि पन्जाबका लागि १८९ रनको योगफल तयार पार्ने क्रममा जोनी बारिस्टोले सर्वाधिक ५६ रनको योगदान गरे। जितेश शर्माले ३८ र भानुका राजापाक्षेले २७ रन जोडे।

    राजस्थानका युजभेन्द्र चाहलले ३ विकेट लिए। रभिचन्द्रन आश्विन र प्रासिद कृष्णाले १/१ विकेट लिए।

    सम्बन्धित खवर
    Article inline ad #2
  • शनिबार साँझ कोलकाता र लखनऊबीच खेल भइरहेको छ। महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा टस हारेर लखनऊले ब्याटिङ गरिरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button