Above Article Ad
  • विराटनगरको नेतृत्व कसको भागमा ?

    Above Article Content Ad
  • विराटनगर — प्रदेश १ को राजधानी विराटनगरमा चार दशकयता कुनै पनि राजनीतिक दलले लगातार प्रभाव जमाउन सकेका छैनन् । यहाँ पञ्चायतकालको अन्तिम प्रधानपञ्च ध्रुवनारायण श्रेष्ठ थिए । उनी जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । त्यतिबेला उपप्रधानपञ्चमा कांग्रेस समर्थक राजेन्द्र गुप्ता विजयी भएका थिए ।

    Article inline ad #1
  • प्रजातन्त्रको पुनर्बहालीपछि विराटनगर नगर पञ्चायतबाट उपमहानगरपालिकामा परिणत हुँदै २०४९ मा भएको स्थानीय निर्वाचनमा कांग्रेसका अशोक कोइराला प्रमुखमा र गंगा भगत उपप्रमुखमा विजयी भए । एमालेका सुबोधराज प्याकुरेल र जेबी राई प्रमुख र उपप्रमुखमा हारेका थिए ।

    २०५४ मा एमालेले दुवै पद जित्यो । प्रमुखमा रमेशचन्द्र पौडेल र उपप्रमुखमा भूराज राई विजयी हुँदा कांग्रेसका अमृत अर्याल र उपेन्द्रलाल दास पराजित भएका थिए । त्यसको दुई दशकपछि महानगर बनेको विराटनगरमा २०७४ को निर्वाचनमा कांग्रेसका भीम पराजुली प्रमुखमा र इन्दिरा कार्की उपप्रमुखमा विजयी हुँदा एमालेका विनोद ढकाल र एमाले गठबन्धनको लोकतान्त्रिक फोरमकी सुची चौधरी हारे । २०७४ मा जसपा र माओवादी केन्द्रको पनि गठबन्धन थियो । गठबन्धनमा जसपाका उमेश यादव प्रमुखमा र माओवादीकी नमिता न्यौपाने उपप्रमुख उम्मेदवार थिए ।

    यो निर्वाचनमा कांग्रेस दोहोर्‍याउने र एमाले बदला लिने रणनीतिमा छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका नागेश कोइराला प्रमुखका र जनता समाजवादी पार्टीका अमरेन्द्र यादव उपप्रमुखका उम्मेदवार छन् । एमालेबाट प्रमुखमा सागर थापा र उपप्रमुखमा शिल्पा कार्की मैदानमा छन् । यसपालिको आँकडामा सत्ता गठबन्धनका उम्मेदवारको पल्ला भारी देखिन्छ । राजनीतिक विश्लेषक पीताम्बर दाहाल भन्छन्, ‘कार्यकर्ताले गठबन्धनलाई आत्मसात गर्न जरुरी छ, दलका शीर्ष नेताले गठबन्धन गर्नेबित्तिकै जनताले स्विकार्ने स्थिति छैन ।’ उनका अनुसार जनमनमा गठबन्धन नभएको अवस्थामा निर्वाचनको परिणाम जे पनि आउन सक्छ । अघिल्लो निर्वाचनमा कांग्रेस गठबन्धनबिनै विजयी भएको थियो । अघिल्लो निर्वाचनमा विराटनगरमा १ लाख मतदाता थिए । यसपालि ३३ हजार बढेका छन् । बढेको मत केही हदसम्म निर्णायक हुन सक्ने दाहालको बुझाइ छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    सम्बन्धित खवर
    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button