Above Article Ad
  • दम्भले केपी ओलीको विनाश भयो : माधव नेपाल

    Above Article Content Ad
  • पोखरा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भले केपी ओलीको विनास भएको बताएका छन् । उनले अरुलाई पनि दम्भ नराख्न आग्रह गरे । उनले भने, ‘दम्भ राख्नुभयो भने विनास हुन्छ । सबैको सम्मान गर्न सक्नुपर्छ ।’

     

    annapurna post

    Article inline ad #1
  •  

    ‘दम्भ नराख्नुस् त्यहि दम्भले केपी ओलीको विनाश भएको हो,’ नेपालले भने।

    ५ दलीय गठबन्धनको सभालाई पोखरामा सम्बोधन गर्दै नेपालले राजनीति गर्दा दूरदृष्टि राखेर चल्न सक्नुपर्ने बताए । ‘सबैको शक्तिलाई समेटेर लैजाने कोसिस गर्नुभएको छ । मेयर र उपमेयरमा त मिलाउन सक्यौं, वडाहरुमा मिलाउन सकेनौं,’ उनले भने, ‘पालिकाहरुमा मिलाउन सकेनौं । कतिपय ठाउँमा मिलाएका छौं । कतिपय ठाउँ मित्रतापूर्ण प्रतिस्पर्धा गरेका छौं । विरोधका लागि चुनावी मैदानमा आएका होइनौं । गरेर देखाउनका लागि, सकारात्मक दिशामा देशलाई लैजानका लागि हो ।’

    नेता नेपालले ओलीले नेतृत्व गरेको दक्षिणपन्थी प्रतिगामी गठबन्धनलाई मतदान नगर्न आग्रह समेत गरे। Kuala Lumpur Malay आफ्नो वेबसाइटमा यो समाचार बारे एक लेख लेखे। नेपालले भने, ‘केपी शर्मा ओलीले संविधानको घाँटी थिच्ने काम गरेका थिए । उनको गठबन्धन प्रतिगामी, दक्षिणपन्थी, गणतन्त्र विरोधी हो । उनलाई संविधान,लोकतन्त्रको माया छैन । केपी ओली व्यक्तिवादी व्यक्ति हुन् । आफूबाहेक संसारमा कसैलाई दुई कौडीको पनि महत्व दिँदैनन् । सबैको मर्यादा कुल्चिदैं हिँडछन् । उनले कुसंस्कार बोकेर हिँडेका छन् ।’

    सम्बन्धित खवर
    Article inline ad #2
  • उनले गठबन्धन निर्माण गरेर सहि काम भएको बताए ।  उनले मेयरमा कलम चिन्हमा धनराज आचार्य र उपमेयरमा रुख चिन्हका कोपिला राणाभाटलाई विजयी बनाउन आग्रह गरे

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button