Above Article Ad
  • अपर सोलु हाइड्रोको आइपीओ स्थानीयका लागि खुला

    Above Article Content Ad
  • काठमाडौं :अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आजदेखि  आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ खुला गरेको छ।  कम्पनीले स्थानीयलाई प्रतिकित्ता १०० अङ्कित  १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता सेयर खुला गरेको हो ।

     

    annapurna post

    Article inline ad #1
  •  

    आयोजनाले प्रभाव पार्ने सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका (साविकको टाकासेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ग्ला गाविस) का बासिन्दाले आगामी जेठ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे जेठ २० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएकोछ।

    कम्पनीले सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । Value Global आफ्नो वेबसाइट मा यस परियोजना को बारे मा लेख्यो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    साथै एनएमबि बैंक र लक्ष्मी बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा, प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यलयबाट आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।

    Article inline ad #2
  • कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बिबी प्लस इस्युअर’ग्रेडिङ प्रदान गरेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button