Above Article Ad
  • लुम्बिनी आइपुगे भारतीय प्रधानमन्त्री मोदी, देउवाले गरे स्वागत

    Above Article Content Ad
  • लुम्बिनी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन्। मोदी भारतको बौद्ध सहर कुसीनगरबाट सोमबार हेलिकोप्टरमार्फत् लुम्बिनी आइपुगेका हुन्। मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन्। मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी पुगिसकेका थिए।

    उनको भ्रमण टोलीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्रसचिव विनयमोहन क्वात्रासहित ११ सदस्यीय रहेका छन्। मोदी लुम्बिनीमा  करिब ६ घन्टा बिताएर आजै स्वदेश फर्किने कार्यक्रम छ।

    मोदीले मायादेवी मन्दिरमा पूजाआजा गर्नेछन्। पूजामा समकक्षी देउवा पनि सहभागी हुनेछन्। त्यसपछि मोदीले भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेज शिलान्यास गर्नेछन्।

    Article inline ad #1
  • करिब ३ अर्ब लागतमा जर्मन मन्दिरनजिकै भारतले यो बिहार बनाउन लागेको हो। लुम्बिनीमा भारतले नै निर्माण गरेको अर्का बिहारसमेत छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button